Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सर्लाही

मलंगवा

Visit Nepal 2020 - Ministry of Home Affairs

विषय सूची

क्र.सं.

विषय

पृष्ठ

सर्लाही जिल्लाको संक्षिप्त परिचय

-2

१.१

भूगोल

१.२

जनसंख्या

१.३

अर्थतन्त्र

2

१.४

राजनीति

१.५

विविध

2

सर्लाही जिल्लामा प्रकेप, त्यसको असर र प्रवृत्ति

3-6

२.१

मुख्य प्रकोपहरू

3

२.२

बाढी

3

२.३

शीतलहर

3

2.4

आगलागी

4

२.५

विपद्का दृष्टिकोणले जोखिमयुक्त स्थानहरु

4

2.6

सर्लाही जिल्लामा विगत ५ वर्षमा विपदबाट भएको क्षतिको प्रवृत्ति विश्लेषण

5

2.7

जिल्लामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको अवस्था

5

2.8

विपद् प्रतिकार्य योजनाको आवश्यकता

6

3

नेपालमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन

7-8

3.1

विपद तथा वातावरण

7

3.2

विपद तथा विकास

7

3.3

नेपालमा विपद् जोखिम व्यवस्थापनको लागि गरिएका नीतिगत व्यवस्था

8

3.4

विद्यमान कानूनी व्यवस्था

8

4.

जिल्लामा उपलब्ध उद्धार तथा राहत सामाग्रीहरुको  विवरण

10

5

विपद् प्रतिकार्य योजना

13-14

5.1

पूर्व तयारी योजना (विपद् हुनुभन्दा पहिले)

13

5.2

विपद्को अवधिमा

14

6

   क्षेत्रगत समूह व्यवस्था (Cluster-based Arrangement)

15-24

६.१

विपद्को क्षेत्रमा कार्य गर्ने संघसंस्थाहरु

15

6.2

क्षेत्रगत समूह (Clusters) का साझेदारहरु र कार्यविवरण

16

6.2.1

खाद्य तथा पोषण समूह

17

6.2.2

खानेपानी तथा सरसफाई समूह

17

6.2.3

स्वास्थ्य समूह

19

6.2.4

संरक्षण समूह

20

6.2.5

शिक्षा समूह

21

6.2.6

खोज तथा उद्धार समूह

22

6.2.7

आवास समूह

23

6.2.8

गैर खाद्य समूह

24

6.2.9

संचार समूह

24

7

कार्यान्वयन, पुनरावलोकन, प्रतिवेदन तथा संचार

26

7.1

विपद् प्रतिकार्य योजना क्रियाशील हुने

26

7.2

विपद् प्रतिकार्य योजनाको कार्यान्वयन

26

7.3

विपद् प्रतिकार्य योजनाको नियमित समीक्षा

26

7.4

सहयोग र समन्वय

26

7.5

प्रतिवेदन तथा संचार

26

8

विविध

27-31

8.1

जिल्लास्थित सरकारी कार्यालयहरुको विवरण र सम्पर्क नम्वर

27

8.2

जिल्लास्थित स्थानीय तहका प्रमुखहरुको विवरण र सम्पर्क नम्वर

28

8.3

जिल्लास्थित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको विवरण र सम्पर्क नम्वर

28

8.4

जिल्लामा क्रियाशील संचारकर्मीहरुको विवरण र सम्पर्क नम्वर

29

8.5

जिल्लामा क्रियाशील गैर-सरकारी संस्थाहरुको विवरण र सम्पर्क नम्वर

30

8.6

जिल्लामा उपलब्ध एम्बुलेन्सहरुको विवरण र सम्पर्क नम्वर

31

 

परिच्छेद

सर्लाही जिल्लाको संक्षिप्त परिचय

१.१ भूगोलः

नेपाल राष्ट्रकोप्रदेश नं २ का ८ जिल्लाहरु मध्ये मध्य भागमा रहेको सर्लाही जिल्ला पूर्वमा महोत्तरी, उत्तरमा सिन्धुली, पश्चिममा  रौतहट जिल्ला तथा दक्षिणमा भारतको विहार प्रान्तको सितामढीसँग जोडिएको छ । कुल क्षेत्रफल १२५९ वर्ग कि.मि. रहेको छ। जिल्लाको औसत लम्बाई (उत्तर-दक्षिण) ३२ कि.मि. र औसत चौडाई (पूर्व-पश्चिम) ४० कि.मि. रहेको छ। भारतसंग जोडिएको सीमाको लम्बाई ४६ कि.मि. रहेको छ।  विभिन्न प्रकार र अवस्थाका ३१५ वटा सीमा स्तम्भहरु रहेका छन्।

यस जिल्लाको पश्चिममा वाग्मती नदी, उत्तरी भागमा महाभारत पर्वतको श्रृंखला, चुरे पहाड, वनजंगल तथा दक्षिणी भागमा तराईको समथर भूमि रहेको छ। पूर्व पश्विम राजमार्गको पूर्वमा बाँके नदीदेखि पश्चिममा वाग्मती नदी सम्मको ३७ किलोमिटर दुरी यसै जिल्लामा पर्दछ। जिल्लाको सबै भन्दा होचो भू-भाग समुन्द्री सतहबाट ६० मिटर उचाईमा रहेको छ भने सबै भन्दा अग्लो भू-भाग समुन्द्री सतहबाट ६५९ मिटरको उचाईमा अवस्थित छ। जिल्लामा कृषियोग्य जमिन ८४६.७८ (६७.२६%) रहेको छ। ३०५.८४ वर्ग कि.मि. क्षेत्रफल (२४.२९%) वनजंगलले ढाकेको छ। शहरी क्षेत्र १६ वर्ग कि.मि. (१.२८%) रहेको छ। जिल्लामा वाग्मती, लखनदेही, झिम खोला, बाँके खोला जस्ता नदी/खोलाहरु रहेका छन्।

जिल्लाका मुख्य नदीहरु बागमती, लखनदेही, झिम खोला र बांके खोला हुन्। जिल्लामा मुर्तिया, राजदेवी मन्दिर, चमेली माई, राजघाट र मंगलबाबा जस्ता धार्मिक र ऐतिहासिक स्थलहरु रहेका छन्।

१.२ जनसंख्याः

२०६८ सालको जनगणना अनुसार पुरुष ३,७९,९७३ महिला ३,८९,७५६ गरी कुल जनसंख्या ७,६९,७२९ जना रहेको छ । जिल्लाको जनघनत्व ६११.३८ प्रति वर्ग कि.मि. रहेको छ। जिल्लामा यादव (१५.५१%), कोइरी (७.९३%), मुसलमान (७.८९%), तेली (५.३७%), तामाङ (५.१७%), क्षेत्री (३.७२%), दुसाद/पासवान/पासी (३.६७%), चमार/हरिजन/राम (३.६२%) पहाडी मूलका ब्रम्हाण (३.५८%), थारु (२.८३%), मलाह (२.६८%), कलवार (२.६०%), कथवनीया (२.२२%), कुर्मि (२.२१%), मगर (१.९९%), तराई मूलका ब्रम्हाण (१.८८%), मुसहर (१.८४%), लोहार (१.७२%), धानुक (१.६३%), आदि जस्ता बिभिन्न जातिका मानिसहरुको बसोबास रहेको छ।

१.३ अर्थतन्त्रः

जिल्लाका ९५% मानिसहरु कृषिमा निर्भर छन् । धान, मकै, गहुँ, तोरी, मसुरो, बेसार र उखु आदि जिल्लाका मुख्य बाली हुन्। उखु उत्पादनको दृष्टिकोणले यो जिल्ला नेपालमै अग्रणी स्थानमा रहेको छ। यहाँ ईन्दुशंकर चिनी मिल्स, अन्नपूर्ण चिनी मिल्स र महालक्ष्मी चिनी मिल्स जस्ता ठूला चिनी उद्योगहरु रहेका छन्। जिल्लामा १६ वटा प्लाईउड कारखानाहरु चालु अवस्थामा छन्। जिल्लाको लालबन्दी इलाका गोलभेंडा उत्पादनको दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिन्छ। यहाँको अधिकांश जमिन उब्जाउ माटोबाट बनेको छ। जिल्लामा मलंगवा, बरहथवा, लालवन्दी, हरिवन, इश्वरपुर जस्ता व्यापारिक केन्द्रहरु रहेका छन्। ती केन्द्रहरुमा व्यापार मुख्य पेशाको रुपमा रहेको छ। वैदेशिक रोजगारीमा जानेहरुको संख्या पनि धेरै छ। यहाँका धेरै जसो युवाहरु मलेशिया, कतार, कुवेत, साउदी अरेविया, संयुक्त अरव इमिरेट्स जस्ता देशहरुमा रोजगारीको लागि जाने गरेका छन्। जिल्लामा हाल ६९ वटा वित्तीय संस्थाहरु क्रियाशील छन्।

१.४ राजनीतिः

 

यस जिल्लामा ११ नगरपालिका र ९ गाउपालिका रहेका छन् । जम्मा वडा संख्या २०० वटा छन्। जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ र प्रदेश सभा निर्वाचन क्षेत्र ८ वटा रहेका छन्। यस जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.), नेपाली काङग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजबादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, मुस्कान सेना नेपाल, जनता दल आदि राजनीतिक दलहरु सक्रिय रहेका छन्। प्रतिनिधि सभाका ४ निर्वाचन क्षेत्र मध्ये राष्ट्रिय जनता पार्टी नेपाल २, नेपाल कम्युनिष्ट पार्टी २ र नेपाली कांग्रेसले १ स्थानमा तथा प्रदेश सभाका ८ स्थान मध्ये नेपाल कम्युनिष्ट पार्टी ३, राष्ट्रिय जनता पार्टी नेपाल २, नेपाली कांग्रेस २ र संघीय समाजवादी फोरम नेपालले १ स्थानमा विजय हासिल गरेको अवस्था छ। त्यस्तै २० वटा पालिकाहरु मध्ये नेपाल कम्युनिष्ट पार्टी ७, राष्ट्रिय जनता पार्टी नेपाल ६, नेपाली कांग्रेस ४ र संघीय समाजवादी फोरम नेपालले ३ पालिकाहरुको मेयर/अध्यक्ष पदमा विजय हासिल गरेको छ।

१.५ विविधः

जिल्लामा सरकारी र निजी गरी जम्मा ६ वटा क्याम्पस, ३९ वटा माध्यामिक विद्यालय, ७६ वटा निम्न माध्यामिक विद्यालय र ३७८ वटा प्राथमिक विद्यालय गरी जम्मा ५७५ वटा शैक्षिक संस्थाहरु रहेका छन्। मदरसाको संख्या ४४ छ। यहाँ १५२ वटा मठ मन्दिर, २ वटा गुम्बा, ३२ वट मस्जिद, ३५ वटा चर्चहरु रहेका छन्।

परिच्छेद-२

सर्लाही जिल्लामा प्रकोप, त्यसको असर र प्रवृत्ति

 

२.१ मुख्य प्रकोपहरुः

 

प्राकृतिक प्रकोपबाट जोखिममा रहेका नेपालका विभिन्न जिल्लाहरू मध्ये सर्लाही जिल्ला पनि एक हो। विगत ३० बर्षमा यस जिल्लामा भएका घटेका प्रकोप तथा त्यसको कारण भएको मानवीय एवं धनको क्षतिको आधारमा यस क्षेत्रमा प्रमुख रुपमा बाढी, शितलहर, आगलागी,  महामारी, भूकम्प, असिना, चट्याङ्ग, हुरी वतास, वन डढेलो आदि प्रमुख प्रकोप हुन् ।

२.२ बाढीः

जिल्लाको अधिकांश भू-भाग समथर रहेको छ। खास गरी मनसुनको समयमा बाग्मती, लखनदेही जस्ता नदीहरुमा पानीको स्तर बढ्न गई वस्तीमा नदी पस्ने र त्यसको कारणले गर्दा वर्षेनी ठूलो जनधनको क्षति हुने गरेको छ। यी नदी किनारामा बस्ने व्यक्तिहरु विपन्न, दलित वर्गका हुने गरेको पाईन्छ। यी समुदायका घरहरुको संरचना कमजोर र कच्ची भएका कारण बाढीको आउँदा सहजै बग्ने वा ढल्ने गरेका छन्। बाढीको कारण प्रत्येक वर्ष वासस्थानहरुमा क्षति पुग्नुको साथै पशु चौपाय, बालीनाली र भण्डारण गरि राखिएका अन्नपात आदिमा समेत व्यापक क्षति हुने गरेको छ। बाढीको कारण जिल्लाका बलारा नगरपालिका, विष्णु गाउँपालिका, बसवरिया गाउँपालिका, गोडैता नगरपालिका, धनकौल गाउँपालिका र कौडेना गाउँपालिकाका अधिकांश बस्तीहरु र खेतियोग्य जमिनहरु जोखिममा रहेका छन्। अन्य पालिकाहरु पनि बाढीको जोखिमबाट मुक्त छैनन्। बाग्मती र लखनदेही जस्ता नदीहरुमा आउने बाढीबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि गरिएका प्रयासहरु पर्याप्त देखिएका छैनन्। यी नदीहरुमा उचित तटबन्धको व्यवस्था हुन नसकेको अवस्था छ। बरहथवा नगरपालिकाको हजरिया क्षेत्रमा तत्काल स्थायी तटबन्ध नगर्ने हो भने सो क्षेत्रको वस्तीमा बाढी पस्न गई ५-६ सय घर परिवारहरु प्रभावित हुन सक्ने अवस्था देखिन्छ। चुरे क्षेत्रमा भईरहेको वातावरणीय विनाशका कारण समेत जिल्लामा वर्षेनी बाढीको समस्या बढ्दै गएको अवस्था छ। चुरे क्षेत्रमा हुने मानवीय गतिविधिका कारण त्यस क्षेत्रको माटो बगेर जिल्लाको समथर भू-भागमा आउँदा नदीको सतह बढ्दै जाँदा नदीहरुले आफ्नो धार परिवर्तन गर्ने र बाढीको समयमा पानी वस्ती वा खेतीयोग्य जमिनभित्र पस्ने गरेको छ। यसका

२.३ शीतलहरः

मनसुनको समय अर्थात् वर्षा याममा बाढी र हिउँदमा शीतलहर जिल्लाको नियति नै बनेको छ। जाडोको समयमा पर्याप्त न्यानो लुगाको कमी समेतको कारणले वर्षेनी मानवीय क्षति हुने गरेको इतिहाँस रहेको छ। जिल्लामा गरिवी र विपन्नता व्याप्त भएका कारणले यस समस्याको समाधानका लागि गरिएका प्रयासहरु पर्याप्त हुन सकेका छैनन्।

२.४ आगलागीः

जिल्लाको अर्को प्रमुख प्रकोप आगलागी हो । जिल्लामा फुसका घरको व्यापकता रहेको र वस्तीहरु साँगुरो र अव्यवस्थित भएका कारण समेतले गर्दा कुनै एक घरमा आगलागी हुँदा त्यसको असर व्यापक हुने गरेको पाइन्छ। बजार क्षेत्रमा अव्यवस्थित बस्ती विकास भैरहेको तथा आगलागी नियन्त्रण गर्न श्रोत साधनको पर्याप्त उपलव्धता नभएको कारणले यसबाट हुनसक्ने क्षतिको न्यूनीकरणलाई प्रभावकारी रुपमा व्यवस्था गर्न सकिएको छैन । गाउँ क्षेत्रमा सलाई लाईटरजस्ता ज्वलनशील वस्तु केटाकेटीलाई खेल्न दिएर, खाना पकाउने कोठाको भित्ताहरू माटोले नपोत्नु, हावाहुरी चलेको बेला खाना पकाउनु, मैनबत्ती बाल्नु र चुल्होमा आगो राख्नु तथा वनमा लाग्ने आगो फैलिदै गएर समेत आगलागी हुने गरेको छ ।

२.५ विपद्का दृष्टिकोणले जोखिमयुक्त स्थानहरुः

  1. बाढीः
  1. उच्च जोखिमयुक्त पालिकाहरुः बलारा, विष्णु, कौडेना, गडैता, धनकौल, रामनगर, बसबरिया, बरहथवा, चक्रघट्टा।
  2. मध्यम जोखिमयुक्त पालिकाहरुः हरिपूर्वा, चन्द्रनगर, हरिपुर, मलंगवा, कविलासी, ब्रम्हपुरी, पर्सा।
  3. न्यून जोखिमयुक्त पालिकाहरुः बाग्मती, लालबन्दी, इश्वरपुर, हरिवन।
  4. महामारीः
  5. उच्च जोखिमयुक्त स्थानहरुः जिल्लाको तल्लो भौगोलिक क्षेत्र।
  6. मध्यम जोखिमयुक्त स्थानहरुः जिल्लाको मध्य भौगोलिक क्षेत्र।
  7. न्यून जोखिमयुक्त स्थानहरुः जिल्लाको उपल्लो भौगोलिक क्षेत्र।
  8. शीतलहरः
  9. उच्च जोखिमयुक्त स्थानहरुः जिल्लाको तल्लो भौगोलिक क्षेत्र।
  10. मध्यम जोखिमयुक्त स्थानहरुः जिल्लाको मध्य भौगोलिक क्षेत्र।
  11. न्यून जोखिमयुक्त स्थानहरुः जिल्लाको उपल्लो भौगोलिक क्षेत्र।
  12. आगलागीः
  13. उच्च जोखिमयुक्त स्थानहरुः जिल्लाको तल्लो भौगोलिक क्षेत्र।
  14. मध्यम जोखिमयुक्त स्थानहरुः जिल्लाको मध्य भौगोलिक क्षेत्र।
  15. न्यून जोखिमयुक्त स्थानहरुः जिल्लाको उपल्लो भौगोलिक क्षेत्र।
  16. भूकम्पः भूकम्पका दृष्टिकोणले जिल्लाका ईश्वरपुर, लालबन्दी, बाग्मती, बरहथवा नगरपालिकाहरु जोखिमयुक्त छन् भने अन्य स्थानहरु न्यून जोखिमयुक्त रहेका छन्।

२.६ सर्लाही जिल्लामा विगत ५ वर्षमा विपदबाट भएको क्षतिको प्रवृत्ति विश्लेषणः

  • बाढीबाट प्रति वर्ष औसतमा ३८६६ परिवार प्रभावित हुने गरेको।
  • प्रति वर्ष औसतमा बाढीबाट ४ जना र महामारीबाट ८ जनाको मृत्यु हुने गरेको।
  • बाढीबाट वासस्थान बाहेक पशु चौपाय, बालीनाली, भण्डारण गरिएको अन्न लगायत गरी प्रति वर्ष औसतमा रु. १ करोड ३० लाख बराबरको सम्पत्ति क्षति हुने गरेको।
  • बाढीबाट प्रति वर्ष साविकका प्रति गा.वि.स. औसतमा १२ घर पूर्ण रुपमा क्षति हुने गरेको, २८ घरहरु आंशिक रुपमा क्षति हुने गरेको।
  • बाढी आए पछि जमिन औसत ७ दिनसम्म पानीले डुब्ने गरेको, सडक तथा पुलहरु आंशिक रुपले क्षति हुने गरेको र सम्बन्धित निकायहरुबाट औसत १५ दिन भित्रमा मर्मत सम्भार गरी संचालन हुने गरेको।
  • औसत २% जति पानीका कल र ईनारहरु पूर्ण रुपमा र १०% जति आंशिक रुपमा क्षति भई लगभग १ हप्ता जति प्रभावित हुने गरेको।
  • बाढी पश्चात व्यक्तिगत तथा सामुदायिक ४% चर्पीहरु क्षतिग्रस्त हुनाको साथै सरसफाई सामाग्रीहरुको अभाव हुने गरेको।
  • बाढीका कारण स्वास्थ्य केन्द्रहरु डुबानमा परी ३-४ दिनसम्म बन्द गर्नु पर्ने अवस्था आउने गरेको।
  • बाढी पश्चात जिल्लाको दक्षिणी भेगमा झाडा पखालाको महामारी फैलिने गरेको। स्वास्थ्य संस्थाहरुमा औषधि तथा जनशक्तिको अभाव हुने गरेको।
  • विद्यालयका फर्निचर तथा पठनपाठनका सामाग्रीहरु आंशिक रुपमा क्षति हुने गरेको। पठनपाठन कार्य औसत ७ दिनसम्म अवरुद्ध हुने गरेको।
  • बाढीको समयमा बालबालिका, महिला, ज्येष्ठ नागरिक, अशक्त तथा अपांगता भएका व्यक्तिहरुको संरक्षणको सवाल चुनौतीको रुपमा रहने गरेको।
  • बाढीको समयमा स्थानीय बजारहरुमा मानिसहरुको पहुँच आंशिक रुपमा मात्र हुने गरेको।

२.७ जिल्लामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको अवस्थाः

जिल्लामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायहरु, नेपाल रेडक्रस सोसाइटी लगायतका विभिन्न गैर-सरकारी संस्थाहरु, स्थानीय तहहरु, राजनीतिक दलहरु, सरकारी कार्यालयहरु, संचारकर्मीहरु र नागरिक समाज समेतको समन्वयमा अथक प्रयास गर्दा पनि यस कार्यमा अपेक्षित सफलता मिल्न नसकेको अवस्था छ। विपद् पछि खोजी तथा उद्धार कार्यमा उल्लेख्य सफलता मिल्ने गरेको भए तापनि विपद् नै हुन नदिनको लागि गरिनु पर्ने यथोचित व्यवस्थामा कमी देखिने गरेको छ। जिल्लामा भरपर्दो पूर्व-सूचना प्रणालीको अभाव रहेको छ। पीडितहरुको तथ्यांक संकलन कार्यमा समस्या आउने गरेको छ। पीडितहरुलाई उचित समयमा उचित राहत पुर्याउने कार्यमा कमजोरीहरु देखिने गरेका छन्। राहत वितरण एकद्वार प्रणालीबाट गर्ने कार्यको शुरुवात गरिएको भए तापनि यसलाई संस्थागत गर्न बाँकी नै छ। विपद् पछि राहत वितरणको लागि पर्याप्त खाद्य तथा गैर-खाद्य समाग्रीहरुको भण्डारण गर्न सकिएको छैन। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको लागि स्थानीय तहहरुको क्षमता अभिवृद्धि भई सकेको पाईदैन।

२.८ विपद् प्रतिकार्य योजनाको आवश्यकताः

यस्तो अवस्थामा सर्लाही जिल्लामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउनु पर्ने आवश्यकता महसुस भएको छ। त्यसै प्रयोजनका लागि यो विपद् प्रतिकार्य योजना निर्माण गरिएको छ। यस कार्ययोजनाका उद्धेश्यहरु देहायबमोजिम रहेका छन्:

  • जिल्लास्थित सरोकारवालाहरुलाई जिल्लामा हुने विपद् तथा त्यसको क्षतिको बारेमा सचेत गराउनु।
  • जिल्लामा विपद् बाट हुने क्षतिलाई कम गर्न कार्यान्वयन हुन सक्ने योजना बनाउनु।
  • विपद् जोखिम व्यवस्थापनका क्षेत्रमा क्रियाशील रहनेहरुको भूमिका तथा उत्तरदायित्वको बोध गराउनु।
  • जिल्लमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि एक समन्वयात्मक प्रयास सुनिश्चित गर्नु।
  • विपद् पूर्व,  विपद् परिरहेको समयमा र विपद् पछि गर्नु पर्ने कार्यहरूको पूर्व तयारी गर्नु ।
  • विपद् पिडितहरूलाई तत्काल उद्धार तथा राहत सेवा पुर्र्याउने कार्यलाई सरल पार्नु ।
  • कार्य योजनामा जिम्मेवारी बोकेका विभिन्न सघं सस्थाहरूको कार्य प्रगतिको समीक्षा गर्नु ।
  • विभिन्न निकाय तथा संघ सस्थाहरू बीच समन्वय गरी कार्यक्रमलाई एकीकृत रूपमा अगाडि लैजानु ।
  • कार्ययोजना प्रकाशन गरी सम्बन्धित निकायहरूलाई वितरण गर्नु ।

परिच्छेद-३

नेपालमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन

३.१ विपद् तथा वातावरण ( Disaster and Environment):

वातावरण, जैविक विविधता तथा प्राकृतिक विपद वीच घनिष्ट सम्बन्ध रहेको हुन्छ । प्राकृतिक विपद्हरु सामान्तया वातावरणको अवस्थामा आएका आकस्मिक तथा क्रमबद्ध परिवर्तहरुबाट उत्पन्न हुन्छन । यस्ता परिवर्तनहरु धेरैजसो भौगर्भिक तथा हावापानी सम्बन्धी विविध प्रक्रियाहरु मार्फत प्राकृतिक घटनाहरुको रुपमा सुरु हुन्छन । प्राकृतिक घटनाहरुको अतिरिक्त मानवीय क्रियाकलापहरुका माध्यमबाट पनि वातावरणीय परिवर्तन हुन्छन् र यस्ता वातावरणीय परिवर्तन आकस्मिक प्रकृतिका समेत हुन्छन । जस्तै प्राकृतिक स्रोत साधनहरुको अविवेकपूर्ण उपयोग अथवा इन्धनको अत्याधिक प्रज्वलनको कारणले गर्दा हरित गृह ग्यासको निष्कासन, पुनः नवीकरणीय क्षमताको उपेक्षा तथा अन्धाधुन्ध तवरको शहरीकरण जस्ता विकासका संकेतहरु आफैंले विनाशतर्फ डो¥याइरहेको दुःखद अवस्था विद्यमान छ । फलस्वरुप भौगालिक सीमामा मात्र सीमित नभई विश्वभर समस्याको रुपमा फैलिरहेको जलवायू परिवर्तनका कारण तापमानको वृद्धि भइरहको र हावापानी तथा मौसममा परिवर्तन आइरहेको स्थिति छ । यी परिवर्तनहरुले गर्दा अल्पवृष्टी, अतिवृष्टि बाढी, पहिरो खडेरी आगलागीजस्ता समस्याहरुमा वृद्धि भइरहेको अवस्था छर्लङ्ग देखिन्छ । यसरी नै जनसंख्या वृद्धि तथा जंगल विनासका कारण उर्वर भूमीको विनाशले गर्दा जंगल क्षेत्रमा कृषिको थप प्रसार गर्ने कार्यतिर प्रवृत्त गराउँदछ । यस्तो कृषि प्रसारबाट आवास क्षेत्रसँग रहेको सम्बन्ध नष्ट हुने तथा जैविक विविधता माथि प्रत्यक्ष खतरा पुग्दछ।रोग तथा किराबाट उत्पन्न हुने महामारी, पशु तथा वनस्पतिको सुरक्षा तथा स्वास्थ्यका साथ–साथै प्राकृतिक स्रोत तथा पर्यावरण सम्बन्धी प्रक्रियाहरुको दिगोपनामा गम्भिर चुनौती खडा हुन्छ ।यसरी वातावरण तथा पर्यावरण सम्बन्धी क्रियाकलापमा अल्पकालीन तथा दिर्घकालीन दुवै थरी असरहरु उत्पन्न हुन पुग्दछन ।

३.२ विपद् तथा विकास ( Disaster and Development):

विकास निर्माण समयको माग हो । यो एउट निश्चित क्रममा अघि बढिरहकै हुन्छ। यसको आवश्यकतामा प्रश्न गर्ने ठाउँ छैन। विकास निर्माणको क्रमसंगै यसका कर्ताहरुमा विपद्सम्बन्धी चेतना र ज्ञानको अभाव रहेको छ । विपद् संकटासन्नताको अन्तरसम्बन्धले गर्दा सधैं दोहोरिरहने विपद्हरुले कठोर परिश्रमबाट आर्जन गरिएका विकासका उपलब्धिहरुमा क्षति पुर्याउने गरेका छन् भने समुदाय तथा प्रभावित क्षेत्रका आर्थिक क्षमतालाई कमजोर पारेको देखिन्छ । साथै प्रविधिको कमजोर उपयोग प्रणाली र अभाव समेतका कारणले संभावित स्थान, समय तथा प्रभावको भविष्यवाणी गरी प्राकृतिक स्रोत साधनको दिगो प्रयोग लगायत संरक्षणमुलक कदम चाली विपद्का जोखिमहरुबाट जोगाउन तथा विपद्पछि पहिले कै अवस्थामा फर्कनका निम्ति वातावरणको प्राकृतिकपनलाई यथासंभव कायम गरिराख्नु महत्वपूर्ण हुन्छ । यसका लागि जलाधार व्यवस्थापन, भू–संरक्षण, सिमसार व्यवस्थापन तथा रोकथामका प्रविधिका साथ–साथै प्राकृतिक स्रोत साधनको दिगो प्रयोगमा समुदायको सहभागिता एवं जैविक विविधताको संरक्षणका दिशातर्फ ध्यान दिई दिगो विकासको अवधारणालाई एकिकृत रुपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ । यस्ता जोखिमहरुबाट जोगिन विकासको योजना तर्जुमा गर्ने समयमा वातावरणीय प्राथमिकताहरु प्रति पर्याप्त ध्यान दिएर विपद् जोखिम न्यूनिकरणको अवधारणालाई सबैले सबै तहमा आत्मसात गर्न जरुरी देखिन्छ ।

३.३ नेपालमा विपद् जोखिम व्यवस्थापनको लागि गरिएका नीतिगत व्यवस्था:

 विपद्का घटनाहरु भएपछि माग र आवश्यकता अनुसार उद्धार तथा राहत उपलब्ध गराउने परम्परागत अवधारणामा परिवर्तन आएको छ । दैवी प्रकोप व्यवस्थापन ऐन, २०३९ लागू भएपछि  विपद् व्यवस्थापनमा उद्धार तथा राहत कार्यका अतिरिक्त पूर्वतयारी तथा न्यूनीकरण कार्यलाई पनि जोड दिन थालिएको देखिन्छ । सन् १९९१ मा प्राकृतिक विपद् न्यूनीकरण अन्तराष्ट्रिय दशकको घोषणा भएपछि विपद् व्यवस्थापनमा पूर्वतयारी कार्यलाई विशेष जोड दिन थालिएको हो । नेपालमा विपद् व्यवस्थापनको लागि तर्जुमा गरिएको राष्ट्रिय कार्य योजना सन् १९९६ मा लागू भएपछि विभिन्न प्रकृतिका प्राकृतिक विपद्हरुलाई सम्बोधन गर्न आवश्यक थप उपायहरु अवलम्बन गर्न खोजिएको भएपनि पर्याप्त स्रोत र साधनको अभाव एवं सम्बन्धित निकाय, सरोकारवालाहरु वीच समन्वयको कमीले कार्ययोजनाले निर्दिष्ट गरेका क्षेत्रहरुमा पर्याप्त प्रतिफल प्राप्त हुन सकेनन् । यसरी अपेक्षाकृत सफलता प्राप्त गर्न नसक्नुको प्रमुख कारण प्राविधिक क्षमता सहितको उपयुक्त संगठनात्मक संरचनाको अभाव पनि एक हो ।

३.४ विद्यमान कानूनी व्यवस्थाः

  1. विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ : विपद् व्यवस्थापनका सवै क्रियाकलापको समन्वयात्मक र प्रभावकारी रुपमा व्यवस्थापन गरी प्राकृतिक तथा गैह्र प्राकृतिक विपदबाट आम नागरिकको जीउज्यान र सम्पति, भौतिक, प्राकृतिक तथा सांस्कृतिक संरचनाको संरक्षण गर्न र  दैवी (प्रकोप) व्यवस्थापन ऐन, २०३९ ले समेट्न नसकेको विषयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसँग र उद्धार कार्यलाई सहज बनाउन यस ऐनको तर्जुमा गरिएको देखिन्छ ।
  2. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ : नेपालको संविधान बमोजिम स्थानीय तहको अधिकार सम्वन्धी व्यवस्था कार्यान्वयन गर्न तथा संघ, प्रदेश र स्थानीय तह वीचको सहकारिता, सहअस्तित्व र समन्वयलाई प्रवर्द्धन गरी गुणस्तरीय  र न्यायोचित सेवा वितरण गर्न यो ऐन तर्जुमा गरिएको छ । स्थानीयस्तरमा हुने विपद्का घटनाहरुलाई सहज रुपमा व्यवस्थापन गर्न स्थानीय तहहरुले विपद्सम्वन्धी सम्पूर्ण व्यवस्था मिलाउन सक्ने छन् ।
  3. नेपाल रेडक्रस सोसाइटीको विपद् पूर्वतयारी नियमावली, २०५४ : नेपाल रेडक्रस सोसाइटीको विपद् पूर्वतयारी नियमावली, २०५४ ले नेपाल रेडक्रस सोसाइटीका सवै निकायहरुमा विपद् सम्बन्धी कार्यहरुलाई एकरुपता ल्याउन कोसिस गरेको छ । यस नियमावलीमा विपद् व्यवस्थापनका लागि संरचना स्थापना गरी सोही अुनसार कार्य गर्ने र विपद् न्यूनीकरण, राहत तथा उद्धारलाई छिटो छरितो ढंगबाट सञ्चालन गर्नका लागि जिल्ला शाखा, उपशाखा, जुनियर÷यूवा रेडक्रस सर्कल, समुदायहरुमा विपद् व्यवस्थापनको पूर्वतयारी गर्ने कार्य गर्दछ ।

    परिच्छेद-४

    जिल्लामा उपलब्ध उद्धार तथा राहत सामाग्रीहरुको  विवरण

    जिल्लामा विपद् परेको अवस्थामा उपलब्ध हुन सक्ने स्रोत र साधनहरुको विवरण देहाय बमोजिम रहेको छ। यसमा रणशेर गुल्म, सशस्त्र प्रहरी बल नेपाल नं १० गण, जिल्ला प्रहरी कार्यालय र नेपाल रेडक्रस सोसाइटी लगायतका विभिन्न सरकारी एवं गैर-सरकारी निकायहरु समेतसंग भएका उद्धार तथा राहत सामाग्रीहरु समावेश गरिएको छ।

     


    सिनं. 

    स्रोत र साधनको नाम 

    इकाई

    जम्मा संख्या

    कैफियत

     

    आकस्मिक कोष

     

    रु

    न्यूनतम ४ लाख

    हाल जिल्ला विपद् व्यवस्थापन कोषमा रु ४ करोड मौज्दात रहेको

     

    गाडी

    वटा

    ५०

    सरकारी गाडीहरु

     

    दमकल

    वटा

     

     

    ट्रिपर

    वटा

     

     

    JCB

    वटा

    १०

    निजी क्षेत्रको समेत

     

    ट्रेक्टर

    वटा

     

     

    एम्वुलेन्स

    वटा

    २०