Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सर्लाही

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सर्लाही

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कार्यालय परिचय

2076-05-17

2076-05-17


कार्यालयको परिचय

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ५ ले जिल्लाको सामान्य प्रशासन संचालन गर्न नेपाल सरकारको प्रतिनिधिको रुपमा प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीले नेतृत्व गर्ने गरी एउटा जिल्ला प्रशासन कार्यालय रहर्ने व्यवस्था गरे अनुरुप यस जिल्लामा पनि जिल्ला प्रशासन कार्यालयको स्थापना भएको हो । हाल यसको कार्यालय मलगंवा नगरपालिका वडा नं. १० मा रहेको छ । सेवा प्रवाहलाइ अझै  सहज र सर्वसुलभ रुपमा जनताको घरदैलोमा पु¥याउने नेपाल सरकारको नीति अनुसार जनसंख्या र बसोवासका आधारमा यस कार्यालय अन्तर्गत दुई वटा ईलाका प्रशासन कार्यालयहरु क्रमशः हरिवन नगरपालिका र बरहथवा नगरपालिकामा स्थापना भई संचालनमा रहेका छन् ।

       जिल्ला प्रशासन कार्यालय जिल्ला तहमा नेपाल सरकारको प्रतिनिधित्व गर्ने प्रमुख प्रतिनिधिमुलक कार्यालय हो । गृह प्रशासनलाई सवल र सक्षम बनाई जनतामा सुरक्षाको प्रत्याभुति दिलाई शान्ति सुव्यवस्था र अमनचयन कायम राख्न, जिल्लामा  संविधान, ऐन नियम कानुनको संरक्षण तथा पालना गराउन, जनताको गुनासो सुन्न र तिनको निराकरण गर्न, चोरी ठगी नियन्त्रण गर्न, सार्वजनिक अपराध नियन्त्रण गर्न, सेवा प्रवाहलाई प्रभावकारी बनाउदै सुशासन प्रवर्धन गर्न, विपद जोखिम न्युनिकरण गर्दै विपद प्रभावितहरुलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउन जिल्ला भित्रका विकास निर्माण लगायतका कार्यमा समन्वयात्मक भुमिका निर्वाह गर्न, जिल्ला भित्रका मातहतका अन्य सरकारी कार्यालयहरुको अनुगमन तथा निरीक्षण लगायत नागरिकता वितरण, नागरिकता प्रतिलिपी जारी, राहदानी सिफारिस र वितरण, नावालिक परिचय पत्र जारी, विभिन्न सिफारिसजन्य कार्य, संस्था दर्ता र नविकरण, हातहतियार नामसारी र नवीकरण जस्ता कार्यहरु यस कार्यालयको कार्यक्षेत्र भित्र पर्दछन् ।

पछिल्लो अपडेट गरिएको : 2083-03-05 22:40:07

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सर्लाही .